थारुहरुलाई बेग्लै प्रदेश नदिए आन्दोलन, संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने: अमनलाल मोदी थारु

माघ १४ काठमाडौ, नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी थारुले,आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् । मधेसीको माग पुरा नभए,अर्को टिकापुर घटना दोहोरिने चेतावनी पनि दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद मोदीले भने, ‘यदि हाम्रा मागहरु सम्बोधन भएन भने संसारको कुनै पनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन । कैलाली,कञ्चनपुर,झापा,मोरङ,उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश दिनु पर्ने भन्दै उनले थारुहरुको माग सम्बोधन नगरी सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे प्रतिकारमा उत्रिने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *