वनस्थलीबाट बानेश्वर हुदै काँडाघारीसम्मको लागि आज देखि सिटी मेट्रो

माघ १४ काठमाडौ,वनस्थलीबाट बानेश्वर हुदै काँडाघारीसम्मको लागि आज देखि सिटी मेट्रो कम्पनीले १५ वटा चलाउन सुरु गरेको छ । सिटी मेट्रो कम्पनीका यी ठूला बसहरु वनस्थलीबाट छुटेर नारायणगोपाल चोक पुग्नेछन् र त्यहाँबाट बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछन् ।

city metro jupiter bus
सिटी मेट्रो बसको भित्र सीटहरु

सिटी मेट्रो कम्पनीका यी बसहरु अपांगमैत्री छन् जसलाई ‘जुपिटर’ नाम दिइएको छ । साझापछि निजी क्षेत्रबाट पहिलोपटक काठमाडौंमा अपांगमैत्री यात्रु बस चलाउने यो पहिलो कम्पनी हो ।

सबै बसहरु टाटा इण्डिया कम्पनीका हुन् । यी बसहरु ४० सिट क्षमताका छन् । बस हेर्दा आकर्षक मात्रै छैनन्, चढ्न पनि आरामदायी छन् । उभिने यात्रुका लागि ह्यांगर छन् भने पर्याप्त ‘स्पेश’ का कारण उँभिनेलाई पनि सास्ती कम हुनेछ ।
कम्पनीले अबको ५ महिनापछि थप १५ नयाँ बस ल्याउने बताएको छ । अध्यक्ष शेरचनले ५ वर्षभित्र कम्पनीले एक सय वटा बस थप्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *