किशोर हुमागाईं भन्छन् प्राथना गर्ने ओठभन्दा सेवा गर्ने हात नै महान हुन्छ

काठमाडौ,२१ साउन-हुमागाईं समाज नेपाल उपत्यका समितिले श्रावण २८ गतेका दिन काठमाण्डौको सामाखुशी स्थित “मानवसेवा आश्रम” मा सहभोजन कार्यक्रम आयोजना गर्ने भएको । मानवसेवा आश्रममा रहेका बृद्धबृद्धा तथा आश्रीत बालबालिकाहरुलाई भोजन गराउने र आफूहरु पनि उनिहरुसँगै बसेर भोजन गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष चन्द्र प्रसाद हुमागाईंले बताउनुभयो ।

हालसम्म बिभिन्न व्यक्ति तथा संस्थाहरुले आश्रममा गएर खाना खुवाउने, लताकपडाहरु मात्रै वितरण गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा यस संस्थाले खुवाउने मात्रै हैन सँगै बसेर खाने र आश्रममा आश्रीत बृद्धबृद्धा तथा बालबालिकाहरुसँग अपनत्वको भावना विकास गराउने कुरा समाजका सचिब प्रविण हुमागाईं बताउनुहुन्छ ।

आफन्तसँग टाढीएर बसेका असहायहरुका लागि आपनत्वको भावना जागृत गराउनु कार्यक्रमको मुल उद्देश्य रहेको बताउने समाजका केन्द्रिय सचिब किशोर हुमागाईं प्राथना गर्ने ओठभन्दा सेवा गर्ने हात नै महान हुने बनाउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *