किरात याक्थुङ चुम्लुङ काठमाडौंद्वारा रक्तदान कार्यक्रम

काठमाडौं, २२ पुस – किरात याक्थुङ चुम्लुङ काठमाडौंले किरातोलोजिस्ट, साहित्यकार स्व.इमानसिङ चेम्जोङ ज्यूको ११५ औं जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । विगत १७ वर्षदेखि काठमाडौं चुम्लुङले आफ्नो अनिवार्य कार्यक्रमको सूचिमा यस कार्यक्रमलाई पनि राख्दै आएको छ ।

प्रदर्शनीमार्ग, पुरानो रेडक्रस भवनको दैनिक रक्तदान कलेक्शन सेन्टरमा राखिएको कार्यक्रमबाट २६ पिन्ट रगत संकलन गरिएको काठमाडौं चुम्लुङका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेनको उपस्थिति गरिएको कार्यक्रममा रक्तदाता र कार्यक्रम सहयोगी सोही स्थलमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *