गीतकार सरोज चेम्जोङ्गको”झुक्यायौ की”

दक्षिण कोरिया, २५ पुस- पाँचथर स्थाई घर भइ हाल कोरियालाई कर्म थलो बनाई रहेका गीतकार सरोज चेम्जोङ्को”सच्चै छु भन्थ्यौ झुक्यायौ की “बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गितकार सरोज चेम्जोङ्गको शब्दमा सदाबहार गायक रामकृष्ण ढकालले स्वर दिएका छन भने अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बूले सुमधुर संगीत भरेका छन् ।

प्रवासमा रहेर पनि गीत संगीतलाई माया गरि सक्रिय रूपमा कलम चलाई रहेका गीतकार सरोज चेम्जोङ्गले यस भन्दा पहिला चर्चित गायिका मेलिना राईको स्वरमा”तिम्रै हातको सिन्दुर “र “हराई दिन्छ मन” त्यसैगरी नरेश लिङ्देन र सुनिता थेगिमको स्वरमा रहेको “मेरो माया मन भरी अटाई देउ”बोलको गीतहरुको म्युजिक भिडियो सार्बजनिक गरिसकेका छन्भ ने मेघा स्टार राजेश पायल राईको आवाजमा सजिएको”हरायो मुटु मेरो आज”बोलको गीतको म्युजिक भिडियो ल्याउने तयारीमा छन् ।

जनक सिंहको निर्देशनमा रहेको उत्त म्युजिक भिडियोमा एक कर्तव्यनिष्ठ राष्ट्र सेवकको राष्ट्र प्रेमसंगै ब्यक्तिगत प्रेम जिवनको वास्तविक चित्रण उतार्न खोजिएको छ। सनम कठायत र कृष्टिना थापाको अभिनय,निशान घिमिरेको सम्पादन रहेको उत्त म्युजिक भिडियो उत्सव दाहालले छायांकन गरेका हुन।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *