काठमाडौका मेयर विद्या सुन्दर शाक्यले मोनो /मेट्रोरेल संचालन गर्न नसकेपछि २० वटा साझा बस थप्ने

काठमाडौ २२ भदौ- काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा तत्काल मोनोरेलको सम्भावना नभएपछि अहिलेलाई २० वटा साझा बस ल्याउने भएको छ । साझा यातायातसँगको सहकार्यमा २० वटा साझा बस थप्ने काठमाडौ महानगरको मेयर विद्या सुन्दर शाक्यले बताएका हुन् । मोनो रेल र मेट्रो सञ्चालन गर्न केही समय लाग्ने भएकोले महानगरपालिकाले हालको लागि काठमाडौंमा पाँच करोड लगानीमा साझा बस थप्ने भएको हो ।

महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको एक सय दिन पूरा भएको अवसर पारेर महानगरले गरेको कार्यक्रममा उक्त जानकारी गराईएको हो । महानगरपालिकाले एक वर्षे, पाँच वर्षे र २० वर्षे विकास कार्ययोजना बनाएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । महानगरपालिकाले काठमाडौं शहरलाई सफा र सुन्दर बनाउने लागि ‘क्लिन द सिटी’ नामक अभियान समेत संचालन गरेको, काठमाडौंमा बृक्षारोपण गरिएको, सोलार बत्ती जोडिएको, जेष्ठ नागरिकका लागि घरमै डाक्टर उपलब्ध गराइएको लगायतका काम सम्पन्न भएको समेत जनाएको छ ।

महानगरले काठमाडौंलाई फ्री वाइफाइ जोन बनाउने लक्ष्य सहित हाललाई बालाजु, बसन्तपुर र रत्नपार्कलाई फ्री वाइफाइ जोन बनाइसकिएको समेत जनाएको छ । काठमाडौंलाई स्मार्ट सिटी बनाउने लक्ष्य भएकोले स्मार्ट पार्किङ र स्मार्ट यातायातको समेत व्यवस्था गर्नको लागि प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *