संघीय संसदको निर्वाचनमा प्रचण्डले चितवनबाट चुनाव लड्ने

काठमाडौ २३ भदौ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका छन् । वीरगञ्जमा सम्पन्न पार्टीको सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको भन्दै उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा भने टुंगो नलागेको बताएका छन् ।

देशका विभिन्न स्थानबाट उम्मेदवार बनेर अनुभव संगालेको बताउँदै उनले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि निर्वाचन लड्ने निर्णय गरेको दाबी गरे ।

प्रचण्डले यसअघि, “रोल्पा, काठमाडौँ र सिराहाबाट निर्वाचन लडेको थिए । प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्न कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुन सक्ने दाहालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *