कवि चन्द्र रानाहँछा सम्मानित

ईन्द्र जिजीबिषा/काठमाडौ १७ भदौ- कवि तथा कलाकार चन्द्र रानाहँछा सम्मानित भएका छन् । हालै राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेका कवि चन्द्र रानाहँछा सम्मानित भएका हुन् । “किरात राई रानाहँछा समाज” काठमाडौको आयोजनामा सम्मान/पुरस्कार तथा भेटघाट कार्यक्रममा समाजसेवी तथा वरिष्ठ कवि एवं प्राज्ञ श्रवन मुकारुङ्गले कवि रानाहँछालाई सम्मान पत्र,खादा र नगदले सम्मान गरेका हुन् ।

“किरात राई रानाहँछा समाज काठमाडौ”ले हरेक साल सरकारी स्कुलबाट एसएलसी(एसईई)मा सबै भन्दा बढि नम्बर ल्याएर पास हुने रानाहँछा परिवारका छात्र/छात्रालाई नगद रु १० हजारको जिता शिं छात्रावृत्ति पुरस्कार दिदै आएको छ । यो बर्ष पाँचौ संस्करणमा आएर किरात राई रानाहँछा समाजले कुशुम राई र सुष्मिता राईलाई जनही नगद १० हजारको दरले छात्रवृत्ति पुरस्कार प्रदान गरेको छ । दुवै जनाले समान अंक ल्याएर एसएलसी/एसईई पास गरेका हुनाले यो बर्ष दुई जनालाई छात्रवृत्ति पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत छात्राहरुलाई वरिष्ठ कवि मदन राई लामाखुलेको हातबाट पुरस्कार प्रदान गरिएको थियो । जिता शिं, किरात राई रानाहँछाको पुर्खा मानिएको छ । उनि आजभन्दा ३५,३६ पुस्ता अगाडि किरात राई रानाहँछाको राजा (नेता) थिए । रानाहँछाको अर्थ राजा वा नेता भन्ने लाग्दछ ।

कार्यक्रममा अतिथिको आसनबाट बोल्दै, मदन पुरस्कार विजेता राजन मुकारुङ्गले, किरात राई रानाहँछा सम्मान/पुरस्कार तथा भेटघाट कार्यक्रममा पारिवारिक भेटघाट हुने भएकोले अत्यन्तै राम्रो भएको बताए । उनले अगाडि थपे, पहिचानको मुद्धा उठी रहदा र उठाउदा, हिजोका दिनहरुमा मलाई विभिन्न खाले आरोपहरु लाग्ने गर्दथ्यो । तर त्यस्ता आरोपहरुलाई बिस्तारै चिर्दै लानु पर्छ र त्यसको लागि समय लाग्ने बताए । जातको आधारमा, वर्णको आधारमा हामीले अनेकौ विभेदहरु भोग्दै आएका छौं । त्यसैले पनि यी र यस्ता कार्यक्रमहरुले धेरै नै महत्व राख्ने बताए ।

यस्तै कार्यक्रममा वरिष्ठ कवि तथा प्राज्ञ श्रवन मुकारुङ्गले कवि रानाहँछालाई बधाई दिदै पुरस्कृत छात्राहरुको उज्वल भविष्यको कामना गरे । उनले अगाडि थपे, हामी भित्र अहम भावना हुन्छ । त्यो अहम भावनालाई हामीले नत्यागे सम्म, हामीले सोचे जति प्रगती गर्न नसकिने ।

कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ कवि मदन राई लामाखुलेले पनि पुरस्कृत छात्राहरुलाई अझ प्रगति गरेर रानाहँछा परिवारको इज्जत राख्न शुभकामना दिए । साथै कार्यक्रममा सम्मानित कवि चन्द्र रानाहँछालाई बधाई दिए ।

किरात राई रानाहँछा समाजको अध्यक्ष चन्द्र कुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाज सेवी तथा साहित्यकार भोगेन एक्ले, उत्तर कुमार राई,देशराज राई, धनकुमार राई,लगायत सयौका संख्यामा रानाहँछा परिवारका सदस्यहरु उपस्थित थिए । कार्यक्रममा मिलन राईले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम कवि चन्द्र रानाहँछाले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *