कटारीबाट ओखलढुङ्गा जादै गरेको टाटासुमो दुर्घटनामा ४ जनाको मृत्यु

उदयपुर १३ कातिक- उदयपुरको कटारी जादै गरेको टाटा सुमो दुर्घटना ग्रस्त भएको छ । दुर्घटनामा परी अहिले सम्म ४ जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका-११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो ।

सुमोमा १० जना यात्रु रहेको र ४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रहरी घटनास्थलमा जाँदै गरेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *