ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री

काठमाडौं,२ फागुन – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गरी संयुक्त नेतृत्व गर्ने र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस्तो सहमति भएको हो । सहमति अनुसार सुरुका ३ वर्ष केपी ओली प्रधानमन्त्री र त्यसपछिका २ वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने बताईएको छ ।

दुई अध्यक्षबीचको यो सहमतिलाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक अहिले पनि बसिरहेको छ । संयोजन समितिको बैठकअघि दुवै पार्टीका अध्यक्षले सहमतिबारे आफ्नो पार्टीमा जानकारी गराएका थिए । प्रचण्डसँगको सहमति लगत्तै नेकपा एमालेको स्थायी समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ ।

निर्वाचन आयोगले आज राष्ट्रपति विद्या भण्डरीलाई चुनावको अन्तिम परिणाम बुझाएपछि आफूहरुसँग सरकार बनाउन बहुमत रहेको दावी पेश गर्ने निर्णय पनि एमालेले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *