एयर पोर्टमा भारतीय एयर मार्शल राख्दा सैनिक हस्तक्षेप हुने खतरा बढेको चन्दको आरोप

माघ १२ काठमाडौ,प्रचण्डलाई जनताको कठघरामा उभ्याउँछु भनेर हेमन्त प्रकाश ओलीसहितका प्रचण्डका साथीहरु पश्चिम पहाडमा कुर्लिरहेका बेलामा क्रान्तिकारी माओवादी नेत्रविक्रम चन्दले प्रचण्डलाई भारतका सामु समर्पण गरेका नेता भनेर आलोचना गरेका छन् ।

एयरपोर्टमा भारतीय एयरमार्शल राख्न दिने प्रधानमन्त्री प्रचण्ड राष्ट्रघाती हुन्, विप्लवको आरोप छ । हिजो मंगलवार विप्लवले सहसचिवलाई दिल्ली पठाएर एयर रुटको कुरा गर्ने बैठकमा भारतको एयर मार्शल राख्न दिनुपर्छ भन्ने प्रस्ताव सही गराएको, नेत्रविक्रम चन्दको आरोप छ ।

त्यो सहमति अहिलेसम्म गोप्य राखिएको छ । यो त्यही प्रस्ताव हो, जुन प्रस्ताव भारतले २०६५ सालमा हिसिला यमी पर्यटन मन्त्री हुँदा पठाएको थियो र अहिले सगौरव प्रचण्डले स्वीकार गरिदिएका छन् ।

एयरपोर्टमा भारतीय एयर मार्शल राख्ने प्रधानमन्त्रीको निर्णयले नेपालको सार्वभौमिकता अरु साँघुरियो । एयरपोर्टबाट एयरमार्शलको नाममा सैनिक हस्तक्षेप हुने खतरा बढेको चन्दको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *