नेपाल दक्षिण एशियाकै तेस्रो भ्रष्ट,भुटान सबैभन्दा कम भ्रष्ट एसियाली मुलुक

माघ १२ काठमाडौ, ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाएको छ । बुधबार सार्वजनिक सूचकांकमा नेपाल २९ अंक पाएर १३१ औं स्थानमा छ । यो अध्ययनमा १७६ देशलाई समावेश गरिएको थियो । गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो ।

नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर, नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् । र, विश्वव्यापी रुपमा रहेको भ्रष्टाचारमा सुधार आएको नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ । नेपाल भने बंगलादेश र अफगानिस्तान भन्दा मात्र अगाडि छ । बंगलादेश १४५ औं स्थानमा छ भने अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले ९० अंक पाएका छन् । १० अंक पाएको सोमालिया भने विश्वकै भ्रष्ट मुलुक बनेको छ ।

भ्रष्टाचार सम्बन्धि अन्य समाचारहरु पनि पढ्नुहोस 

 म चाही राजनिती क्रान्ति भन्दा आर्थिक क्रान्तिमा विश्वास गर्ने मान्छे हुँ : कृषि विद्वान तथा राजनितीज्ञ मदन राइ

लोडसेडिंग अन्त्यको बिरुद्धमा केहि राजनीतिक दलहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *