एमाले निकट युवा तथा विद्यार्थी संगठनले सुक्रबार देखि शोमबार सम्म विभिन्न आन्दोलन गर्ने

मंसिर २४ काठमाडौ, एमाले निकट युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म आन्दोलन घोषणा गरेका छन् ।

संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरुले शुक्रबार युवा सङ्घ नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् ।

स्रोतका अनुसार शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *