इस्ट्रावेरि पकेट क्षेत्र ककनीले स्वस्थ विरुवा उत्पादन गरि बढी भन्दा बढी मुनाफा गर्ने

बिचारी चाम्लिङ्ग / नुवाकोट ३२ साउन- ककनी क्षेत्रलाई राज्यले इस्ट्रावेरि पकेट क्षेत्र घोषणा गरेपछि इस्ट्रावेरिको टिस्यु कल्चर गरी स्वस्थ्य विरुवा धेरै भन्दा धेरै आधुनिक तरिकाले उत्पादन गर्नका लागि प्रधानमन्त्री कोष परियोजना अन्तर्गत प्राप्त रकमलाई लगानी गरी ककनी आसपासका किसानहरु तथा स्थानिय इस्ट्रावेरिका किसानहरु आकर्षण स्वरुप इस्ट्रावेरि खेतीमा बढी लागि परेको देखिन्छ ।

त्यस अनुरुप हाल टिस्यु कल्चर गरी आधुनिक वेर्ना तयार गरी वितरण गर्नको लागि सम्बन्धित निकाय बाट उक्त पकेट क्षेत्र तर्फ लानको लागि वेर्नाहरुको उचित व्यवस्थापन गर्नको लागी नेपाल वायोटेक नर्सरी प्रा.ली.द्वारा ठूलो सहयोग भईरहेको छ ।

उक्त क्षेत्रमा सक्रियरुपमा इस्ट्रावेरि आधुनिकी करण गर्दै उत्पादन गर्नुपर्ने भनि सक्रितारुपमा लागी परेका किसानहरु धेरै रहेका छन् । यसकार्यलाई नेपाल वायोटेक नर्सरी प्राली (टिस्यु कल्चर ल्याव) ललितपुरले ठूलो सहयोग गर्दै आईरहेको छ ।

उक्त वायोटेक प्रा.ली.ले उत्पादन गरेका विरुवाहरुमा केरा,सुनाखरी,पाउलोनिया, किवी, स्ट्रावेरि, कार्नेसन, अदुवा,अलैची, मेडिसनल हर्व जस्ता विरुवाहरु उत्पादन गरेर कृषकहरुको ,मागलाई थोरै भएपनि राहत पुर्याएको छ ।

इस्ट्रावेरि पकेट क्षेत्र अन्तरगत, संयोजक -शिवकुमार लामा, सह संयोजक राजुकुमार तामाङ्ग,रास्ट्रिय एकता युवा क्लवका अध्यक्ष तथा समाजसेवी प्रेम तामाङ्ग हुनुहुन्छ ।

ककनिका कृषक अगुवाहरुले विरुवा वितरण गर्दै

केराको विरुवाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *