बेलायतमा चार वर्ष मुद्दा खेपेका नेपाली सेनाका कर्णेल कुमार लामाको बढुवा

काठमाडौं ३२ साउन- बेलायतमा युद्ध अपराधीका रूपमा चार वर्ष मुद्दा खेपेका नेपाली सेनाका कर्णेल कुमार लामालाई हालै सरकारले बढुवा गरेको छ । वेलायतमा मुद्दा खेपेर हालै निर्दोष सावित भएका कुमार लामा सेनाको दैनिक जीवनमा फर्किएका हुन् । लामा सहायकरथीमा बढुवा भएका छन् ।

सेनाको २१ वाहिनी झापामा सहायक वाहिनीपति रहेका लामालाई सैनिक मुख्यालयले सहायकरथीमा बढुवा सिफारीस गरेको दुई सातापछि मन्त्रीपरिषदले उनको बढुवा स्विकृत गरेको हो ।

मन्त्रीपरिषदको मंगलवार वसेको वैठकले अर्का महासेनानी रामनाथ ढुंगानालाई पनि सहाकरथीमा बढुवा गरेको छ । सहायकरथीमा बढुवा सिफारीस भएका ढुंगानालाई ७ बाहिनीमा बाहिनीपतिको जिम्मेवारी दिइएको छ । त्यसैगरी लामालाई मध्यपृतना, सहायकरथी विश्वनाथ घिमिरेलाई इन्जिनियर वाहिनी र तारा पोखरेललाई पोखरास्थित पृतनामा सरूवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *