आइसीसीको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिको युरोप संयोजकमा खुशी लिम्बु अरु को-को कहा बाट परे ?

काठमाडौ- गैर–आवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदले २०१८–१९ को लागि आफ्ना बिभिन्न समितिहरुमध्ये एक बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरेको छ । सचिब डी. बी. क्षेत्रीको संयोजकत्वमा बनेको समितिमा प्रत्येक महादेशबाट एक एक जना रहने गरी पाँच जना क्षेत्रीय सहसंयोजकहरु तोकिएका हुन् । समितिमा बिभिन्न देशहरुबाट प्रतिनिधिको रुपमा सदस्यहरुको पनि चयन गरिएको छ ।

क्षेत्रीय सहसंयोजकहरुमा मध्यपूर्वका लागि जोन अर्याल, अमेरिकाका लागि बिनोद भट्ट, र एसिया प्यासिफिक क्षेत्रका लागि आस्था मल्ल चुनिएका छन् भने अफ्रिका र ओसिनियाका लागि क्रमशः पदम राना र चोलाकान्त खनाल रहेका छन् ।

त्यस्तै युरोप क्षेत्रका लागि बेलायतबाट खुशी लिम्बु सहसंयोजक तोकिएका छन् । लिम्बु अघिल्लो कार्यकालमा धरम केसी संयोजक रहेको समितिमा सदस्य थिए । १९ सदस्यीय अघिल्लो समितिबाट नयाँ समितिमा पर्नेमा लिम्बु एक्ला हुन् ।

सदस्यहरुमा अमेरिकाबाट पर्शुराम भण्डारी, कोमल साप्कोटा र सुमन वस्ती, युरोपबाट लक्ष्मी प्रसाद भट्टराई (पोल्याण्ड), कुबेर कार्की (पोर्चुगल), हेमराज पौडेल (जर्मनी) र टिकाराम साप्कोटा (निदरल्याण्डस) परेका छन् । त्यस्तै मध्यपूर्वका लागि सदस्यहरुमा युएइबाट रमेश श्रेष्ठ, इजरायलबाट सुवास सिम्खडा, बहराइनबाट लक्ष्मी गिरी र ओमनबाट गुणहरी अधिकारी रहेका छन् । ओसिनियाबाट सदस्यहरुमा बिजय फुंयाल, मुरारी लम्साल र सन्जय श्रेष्ठको नाम समाबेश छ । एशिया प्यासिफिक क्षेत्रका लागि भने एनसीसी मकाउका पूर्व अध्यक्ष मुकेश बरुवाल र मलेशियाबाट खगेन्द्र न्यौपाने पनि टिममा परेका छन् । अफ्रिकाबाट सुरज डुम्रे र विस्वास पौडेल सदस्य छन् । मिडियाका लागि दामोदर नेपाल, नवराज पोखरेल र सुजन केसीलाई चुनिएको छ ।

बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले बिगतमा थालेका कार्यहरुलाई निरन्तरता दिंदै बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पहल गर्ने योजना रहेको कुरा समितिका संयोजक आईसीसी सचिब डिबी क्षेत्रीले बताए । अन्य योजनाहरुमा समितिको उद्देश्य अनुरुप दैनिक भैपरिआउने समस्याहरुमा एनसीसीहरुसंग सहकार्य गर्ने, बैदेशिक रोजगार राहत कोषमा अभिबृद्दी गर्ने र मानव तस्करी रोक्न प्रहरीसंग सहकार्य गर्ने रहेको छ । समितिको सल्लाहकारहरुमा रामेश्वर शाह, सोम साप्कोटा र रजनी प्रधानलाई नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *