साहित्यकार प्रगति राईद्वारा लिखित “बिर्सिएको मृत्यु”को विमोचन (भिडियो सहित)

ईन्द्र जिजीबिषा/ काठमाडौ – साहित्यकार प्रगति राईद्वारा लिखित तेश्रो कृति ‘बिर्सिएको मृत्यु’ को विमोचन भएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा, मूलबाटो प्रतिष्ठान नेपालले आयोजना गरेको एक कार्यक्रममा उक्त उपन्यास विमोचन गरिएको हो ।

‘वादी विज्ञप्ति’ (कविता संग्रह २०६२) र ‘लेखककी स्वास्नी’ (उपन्यास २०६९) को लेखिका साहित्यकार प्रगति राईको यो दोस्रो उपन्यास हो । विमोचित उपन्यास ‘बिर्सिएको मृत्यु’ एउटा सामाजिक कथामा आधारित उपन्यास हो । विशेष गरि उपन्यास भित्र, भुकम्प गएपछिका स्थितिमा समाज र मानिसहरूले भोग्नु परेको पीडाहरूलाई उपन्यासमा सर्लक्कै उतारिएको छ ।

प्रदेश सांसद तथा साहित्यकार विजया केसीको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा उपन्यास ‘बिर्सिएको मृत्यु’ विमोचनको अलवा करिब एक दर्जन कवि तथा साहित्यकारहरूले आ–आफ्ना कविता वाचन पनि गरेका थिए ।

कविता वाचन गर्ने कविहरूमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेका कवि चन्द्र रानाहँछा, रसुवाली कवि, विक्रम पवन परियार, प्रज्वल अधिकारी, निर्दोष प्रविना, खेम उदाश, केशव सिलवाल, प्रकाश गुरागाई, शकुन्तला जोशी र सुन्दर शिरिस लगायतले आ–आफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विजया केसी, अमेरिकामा बस्दै आएकी साहित्यकार दिपा राई पुन, पत्रकार तथा संचारिका समुहका उपाध्यक्ष नितु पण्डित लगायतले उपन्यासकार प्रगति राईको लेखकीय माथि प्रशंसा गर्दै आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमलाई साहित्यकार आशुतोषले सञ्चालन गरेका थिए ।

दुईचरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा महिला आन्दोलनका बहसहरु हुँदै विमोचन भएर टुङ्गिएको थियो । दोश्रो चरणमा पुस्तकमाथि चर्चा परिचर्चा गरिएको थियो । पत्रकार दीपक सापकोटाद्वारा सहजीकरण गरिएको कार्यक्रममा उज्ज्वल प्रसाई, संगीतश्रोता, विप्लव प्रतिक र लेखिका प्रगति राईले चर्चा गरेका थिए ।

कार्यक्रममा विप्लव प्रतिक, उज्वल प्रसाई, संगीत श्रोता, रुद्र शर्मा, ममता कर्माचार्य, वि एस राई, बिमला तुम्खेवा, पत्रकार एवं साहित्यकार देवेन्द्र सुर्केली, कवि बम बानिया, पत्रकार राजेश चाम्लिङ्ग, कवि स्वप्निल स्मृति लगायत पत्रकार र अन्य सयौंको उपस्थिति रहेको थियो ।

कसले के भने ? (भिडियो हेर्नुहोस् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *