अस्मिता र गोपालको सपनामा कसको लाग्यो आँखा (भिडियो सहित)

काठमाडौं – हरेक मानिसहरुले आ-आफ्ना सपनाहरु सजाएका हुन्छन् । यसरी सजाईएका हरेक सपनाहरु आफ्नै सुखी भविष्यसँग सम्बन्धित हुने गर्दछन् । तर कहिले काहीं आफुले सोचेको सपना भन्दा फरक यथार्थता आई दियो भने जिन्दगीले कस्तो मोड लेला ? हो यस्तै भएको छ नायिका अस्मिता बस्नेत र मोडल गोपाल ज्ञवालीको जीवनमा पनि ।

एकले अर्कालाई धेरै माया गर्ने समर्पित जोडी अस्मिता र गोपालको मायामा अचानक तगारो लागेको छ अनि सपना भत्किएको छ । यो सबै वास्तविकता नभई हालै सार्वजनिक भएको गीति भिडियोको कथा हो । पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा “सपना त एउटै थियो” बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष जर्घा मगरको शब्दमा प्रियजन राई र टिका पुनको स्वर रहेको छ ।

अस्मिता र गोपालका अलावा मनिल र उमाको समेत अभिनय रहेको भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।

यो गीतको भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *