राजेश पायल राई र बसन्ती लिम्बुको परेवा “ठुङ्गा ठुङ्ग” बोलको गीत सार्वजनिक

काठमाडौ- नेपालका नम्बर एक गायक “राई इज किङ” राजेश पायल राई सङ्ग गीत गाउने सपना छ भनेर केही महिना अगाडी नव गायिका बसन्ती लिम्बूको अन्तरवार्ता यहि सूचना खबरमा हामीले प्रकाशित गरेका थियौं । आज बसन्ती लिम्बूको त्यो सपना पूरा भएको छ ।

नेपालको पुर्बी जिल्ला पाँचथरमा जन्मी इलामलाई कर्मथलो बनाई मोफसल बाट सांगीतिक यात्रामा संघर्षरत बसन्ती लिम्बूको उक्त सपना ताप्लेजुङ घर भइ हाल जापानमा कार्यरत साहित्यकार/समालोचक/गीतकार तथा समाजसेबी प्रदिप तुखेशा (रैकार कान्छा) को सब्द, राज सुक्र लिम्बूको संगीत र युबा कवि राजा माबोको सङ्योजन बाट पूरा भएको हो।

संगीतकार /एरेन्जर कृष्णभक्त राईको एरेन्ज रहेको पुर्बेलि लोक भाकाको उक्त डोयट गीत यहि पौष ६ गतेका दिन म्युजिक ब्यङ्क स्टुडियोमा राजेश पायल राई सङ्ग रेकर्ड गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *