अशोक राई,उपेंद्र यादव र युवराज कार्कीलाई एउटै मालामा गाँसियो

पौष ९ मोरंग,शनिबार पार्टीको मोरङ जिल्ला समितिले आयोजना गरेको एकता अधिवेशनको अवसरमा संघीय समाजवादी फोरमका अध्यक्ष र वरिष्ठ नेतासँगै तीन जनालाई एउटै फूलको माला पहिराइदिएको छ । तत्कालीन संघीय समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम र खस समावेशी राष्ट्रिय पार्टीबीच एकीकरण भएको डेढ वर्षपछि आयोजित एकता महाधिवेशनमा यसरी एउटै माला पहिराइदिएको हो ।

हाल पार्टीको वरिष्ठ नेता रहेका अशोक राई तत्कालीन संघीय समाजवादीका अध्यक्ष हुन् । यसैगरी, पार्टीको अध्यक्ष रहेका उपेन्द्र यादव तत्कालीन मधेसी जनाधिकार फोरमका अध्यक्ष हुन् । साथै, खस समावेशी राष्ट्रिय पार्टीका अध्यक्ष युवराज कार्की हुन् । तत्कालीन पार्टीका तीनै अध्यक्षलाई बुधबार एउटै माला लगाईदिएर मोरङ जिल्लाले एकता महाधिवेशन सुरु गरेको छ । कार्की भने हाल पार्टीको उपाध्यक्ष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *