स्व.अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ लाई पहिचान पुरस्कार

arjun khalingपौष १० काठमाडौं, स्व.अर्जुन खालिङको कवितासंग्रह ‘गोयाङको सुगन्ध’ लाई पहिचान पुरस्कार स्वरुप २ लाख दुई हजार दुई रुपैयाँ दिइने भएको छ ।

कवि खालिङ आफ्नो जीवनकालमा पहिचान प्राप्तिको लागि हरेक क्षेत्रबाट सक्रिय रहेको र कवितासंग्रहले समेत त्यसमा बल पुर्‍याएकोले पहिचान पुरस्कार दिने घोषणा गरिएको पहिचान पुरस्कार कोषले जनाएको छ ।
सोलुखुम्बुको जुभिङमा ०३३ साल भदौ २५ गते जन्मिएका खालिङ ललितकलामा स्नातक तह पढ्दा ०५८ सालमा गोल्डमेडल जितेका थिए । चिण्डो बुक्स, चिण्डो फेशनका प्रमुख रहेका उनले किराँत राई लेखक संघमा अध्यक्षको कार्यभार समेत सम्हालिरहेका थिए । चिण्डो बुक्सले पहिचान र वर्गीय मुद्दा बोक्ने साहित्य र कलाको प्रकाशन-प्रवर्द्धनमा काम गर्दै आएको थियो ।

खालिङले किराँत राईको मुन्दुमी कथाका पात्र हेत्छाकुप्पा/रैछाकुले/खोक्चिलीपाको चित्र कोरेका थिए । सो चित्रलाई किराँत राई यायोक्खाले खोटाङको तायाचुङ जायाजुङ डाँडामा राख्ने भएको छ ।खालिङको ‘गोयाङको सुगन्ध’ का साथै ‘सूर्य निरन्तर डढिरहेछ’ कवितासंग्रह प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *