अर्जुन खालिङ्ग राईको मृत्यु

मंसिर ३० काठमाडौ, २०६९ सालको ब्याचलर फाइन्ड आर्टका स्वर्ण बिजेता अर्जुन खालिङ्ग राईले, मंसिर २९ गते आफ्नै कोठामा आत्महत्या गरेका छन्। के कारणले आत्महत्या गरे राईले, त्यो खुल्न सकेन तर जानकारी अनुसार राई केहि समय देखि डिप्रेसन बाट ग्रसित थिए ।

राई प्रज्ञा परिषदको सदस्य,किराँत राई लेखक संघको अध्यक्ष,चिंडो बुक र चिंडो आर्टमा आबद्ध थिए । किराँत ललितकला एकेडेमीमा कार्यरत राईका दुई वटा पुस्तक प्रकाशित छन् । मृतक अर्जुन राईले आदिम किराती पुर्खाहरु तयामा,खियामा र रैछाकुलेको पहिलो रेखा चित्रको सृजना गरेका  थिए । स्वर्गीय राई सोलु जिल्लाको जुबिंग गाविसमा २०३३ साल भदौ २५ गते जन्मिएका थिए ।

मृतक अर्जुन खालिंगको शवलाई पोष्टमार्टम पश्चात आज किराँत राई यायोक्खाको केन्द्रीय कार्यालय कोटेश्वरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो ।यायोक्खाको उपाध्यक्ष दिवस राईले किराँत राई यायोक्खाको तर्फबाट यायोक्खाको झण्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

राईको शवलाई आजै संघीय समाजवादी फोरम नेपालको पाटी कार्यालय तीनकुनेमा पानी अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो । अन्तिम श्रद्धाञ्जली कार्यक्रममा बुद्धिजीबी, कलाकार र सर्वसाधारणाको बाक्लो उपस्थिति थियो । अन्तिम श्रद्धाञ्जली पश्चात राईको शवलाई आजै पशुपतीस्थित बनकालीमा अन्तिम दाहासंस्कार गरिने छ ।

किराँत राई यायोक्खाले मृतक अर्जुन राईको नावलक छोरीलाई छात्रव्रिति प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *