अरवमा उदाहरणीय नेपाली महिला हुन् ‘नुमा राई’

numa rai 1   सम्भावनाहरुको अथाह गहिरो सागर जीवन हो,भने सफलताहरुको हातेमालो हो लगन। कति जीवनहरु यहाँ कुनाभित्र रुन्छन् त कति जीवनहरु यहाँ सागर जस्तै फैलन्छन् सफलताले उन्मत खिलखिलाउदो हाँसो बोकेर अनन्तसम्म।

    कोही मान्छे सामाजिक सोचतिर आफुलाई कोल्ट्याउछन सही/गलत खुट्याउनु भन्दा पनी सामाजिक विधान स्वस्फुर्त स्विकार्नु कर्म हो- ठान्छन् । यस्तै बीचमा थोरै मान्छे त्यस्ता पनि हुन्छन् जो समाजलाईनै सोच्न तुल्य बनाई दिन्छ्न् । सही यो हो की त्यो हो भनेर समाज पनी गम खाने गर्दछ।
नेपाली समाज सित एउटा सोच छ की, महिलाहरु खाडी जानु भनेको आचरण र चरीत्रमा बिचलन आउनु हो अर्थात आम महिलाहरु जो खाडी मुलुकमा कार्यरत छन् उनिहरुलाई हेर्ने नेपाली सामाजिक दृष्टिकोणमा फराकिलोपना छैन भन्दा पनी हुन्छ। हरक्षेत्रमा अदक्ष महिलाहरु खाडी पुग्छ्न् रोजगारीको निम्ति भन्ने आम बिचारलाई यही समाजबाट ७ बर्ष पहिले चुपचाप कुवेत पुगेकी एउटी महिला-नुमा राई, उदयपुरले वर्तमानमा गम खुवाउदैछिन। धेरै नेपाली युवाहरू जीवनको कुनै न कुनै मोड्मा वैदेशिक रोजगारसित परिचीत भैसकेको वर्तमान परिप्रेक्षमा आफूमा भएको कलाकारिता र दैनिक श्रम एकसाथ एउटै समयमा मेन्टेन गर्दै यी दुईको प्रभावकारिता उत्तिकै जोडले प्रस्फुटन गर्नसक्नु कम हम्मे छैन भन्ने तथ्य, हर वैदेशिक रोजगार गर्ने युवालाई राम्रो थाहा छ।
पापा राम बहादुर राई र मामा पारस माया राईको कान्छी छोरीको रुपमा धर्तीमा झरेकी नुमाको बाल्यकाल उदयपुरको कटुन्जे बबला-८ बाबुङ्गमा बित्यो। भनिन्छ संगीत ज्ञाताले आफ्नो शिश्यको आवाज सुनिरहनु पर्दैन रे, मुख मात्र खोले नोट लागे/नलागेको चाल पाउछन, सोइपरी नुमाका स्कुलगुरुहरु पनी विभिन्न सांस्कृतिक कार्यक्रममा उनको नाचगान देखेर लख काट्थे र भन्थे यसले केहि गर्छे कलाक्षेत्रमा। नभन्दै भैदियो पनी त्यस्तै, नेपाली समाज संकुचित मात्र होइन सांस्कृतिक रूपमा फराकिलो पनी छ, यहाँ पनी विभिन्न सांस्कृतिक पर्वहरु मनाइन्थ्यो र त्यहा हुने सबैप्राय: कार्यक्रममा सकेजती आफ्नो प्रस्तुति दिन्थिन् उनी, अन्ततः त्यही प्रस्तुति दिने क्रमले उन्को मोड्लिङ्ग कला र अभिनय खार्ने काम गर्यो। सुखले सुखै मात्र दिन्छ दु:खले हिड्ने बाटो र बाच्ने उपाय। नुमा पनि यो नियमबाट पृथक रहिनन् बाच्ने उपाय र हिड्ने बाटो खोज्दै कुवेतस्थित एक अस्पतालमा वैदेशिक रोजगार गर्न पुगिन जुन अहिलेसम्म जारी छ।
एउटा खाडी मुलुकमा रोजगारसंगै मोडलिङ्ग अनी संगीत पेशालाई एकसाथ हिडाउनु पर्ने बिराट चुनौती त छदैछ साथमा सफलताको फेहरिस्त पनि उनको निक्कै लामै छ।numa rai 2
सुरेश तामाङको “चरिकोट बजारैमा” देखि शुरु भएको नुमाको म्युजिक भिडियो अभिनय यात्रा आधा दर्जन सफल गीतहरुको भिज्युल हुँदै बिपिन खालिङ्गको “जुन जस्तो तिम्रो मुहार” सम्म आइपुगेको छ।
मोड्लिङ्ग र अभिनय तर्फ औपचारिक तालिम नलिएको बताउने उनी, सागर खड्काको “हेरेर साराले” मिलन लामाको “घाम लागेको दिन भो मधुरो” बिकास मगरको “यो मनले तिमिसङ्गै हासु भन्छ” अनी जनम थुलुङ्गको “आखिर तिम्रो स्वार्थ पुर्ती” गीतको म्युजिक भिडियोमा भएको सशक्त अभिनय हेर्दा स्वयम नुमाको कथन साचो होइन की झै लाग्छ। हाल बिपिन खालिङ्गको गीत निलम रोज राईको संगीत र राजेश पायल राईको स्वर रहेको- जुन जस्तो तिम्रो मुहार बोलको म्युजिक भिडियो सकेर थोरै फुर्सद महशुस गरिरहेकी नुमा विश्वभर वैदेशिक रोजगार लिन नेपाली गीत/संगीतकर्मी युवाहरूको समुह “प्रतिभा परिवार” को पनि सक्रिय सदस्य रहेकी छिन।
छिट्टै प्रतिभा परिवारले बजारमा ल्याउन लागेको साङ्गीतिक उपहार “प्रतिभा एल्बम भाग-१ मा परिवारका संयोजक राज रोबट अजनबीको रचना र संगीतलाई स्वर पनी दिदैछिन नुमाले।
संगीतमा नौलो प्रयोग भन्ने नारा बोकेर स्थापना भएको प्रतिभा परिवारको केही रचना र संगीत पनी ड्योईट छन्, भविष्मा समावेसी रचनाहरुको ढिकुटी निर्माण गर्ने उदेश्य लिएर विभिन्न मुलुकमा श्रम गरीरहेका युवाहरूद्वारा स्थापित प्रतिभा परिवारले नेपाली सांगीतिक बजारमा इतिहासमै नौलो “रचना बैंक” को स्थापना गर्ने उद्घोष गरेको छ, यस्ले नेपाली गीत/संगीत प्रेमी व्यक्ती संघ/संस्था तथा फिल्मी जगतलाई आवास्यकीय गीती रचना उपलब्ध गर्नुका साथै लुकेको कला (hidden talent) लाई बाहिर ल्याउने काम गर्नेछ।यी दिनहरुमा यो परिवारको सम्पुर्ण जिम्मेवारी कुशलताको साथ निर्वाह गर्दै अझै डटेर कला संगीत र अभिनयमा लाग्ने एउटी लगनशील कलाप्रेमी चेलीको मनोकांक्षा निरन्तर पुरा हुदै जाओस, सफलताको कामना!

प्रस्तुति/सञ्जय राई “छुच्चा”/दोहाnuma rai 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *