नेशनल जियोग्राफी च्यानलको भोटिङ्गमा अल्ट्रा धाविका मिरा राई अगाडि ( लिंक सहित)

सूचना खबर-ईन्द्र जिजीबिषा, कार्तिक २१ काठमाडौ,अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष वितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेपछि सुरु भएको भोटिङ्गमा सबै भन्दा अगाडि देखिएकी छिन् । अहिले मिरा राईको नाममा १,३३५ भोट आएको देखिन्छ भने मीराको तुलनामा अरुको सामान्य भोट मात्रै देखिएको छ ।

१२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको हो । नोभेम्बर ३ देखि डिसेम्बर १६ सम्ममा, विश्वभरबाट आउने भोटको आधारमा सन् २०१७ को जनवरीमा विजेता घोषणा गरिनेछ ।
मीरासँगै केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टिम पनि मनोनयनमा परेका छन् ।

यो भन्दा अगाडि मिरा राईले हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हासिल गरेकी छिन् ।
दुई महिनाअघि इटलीमै दौडका क्रममा खुट्टामा चोट लागेर घाइते बनेकी मिरा एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छिन् ।mira rai bhot

कसले कहाँ बाट कति गरे भोट ? हेरौ तस्विरहरु 

क्षेत्रगत हिसाबमा

mira rai bhot

उमेरको हिसाबमा कति भोट

mira bhot

कति महिला र पुरुषले गरे भोट ?

mira

मिरा राईलाई भोट गर्न यहाँ यो लिंकमा गएर भोट गर्न सकिने छ ।

http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year/

Leave a Reply

Your email address will not be published. Required fields are marked *