अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिई अन्त्येष्टि गरीयो

१० भदौ, काठमाडौँ : मिर्गौलासम्बन्धी रोगले २८ दिनदेखि उपचाररत अभिनेता सानु ताम्राकार ७४ वर्षको उमेरमा शनिबार नर्भिक अस्पतालमा मृत्यु भएको थियो । उनको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिई अन्त्येष्टि गरिएको छ ।

ताम्राकारको पार्थिव शरिरमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितका कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए ।

गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनले पुत्रवियोग समेत खेपेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *