U19 साफ च्याम्पियनसिप : भारतसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको हृदयविदारक

११ असोज, काठमाडौँ : भारतसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेपाल यू–१९ साफ च्याम्पियनसिपबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएको खेल पेनाल्टीमा गएकोमा प्रकाश लक्ष लिम्बु, लक्ष्मण थापा र विक्रम थापाले स्पट किकलाई गोलमा परिणत गर्न नसकेपछि नेपाल २–३ ले पराजित भएको थियो । खेलको प्रारम्भिक चरणमा साहिल खुर्सिदले २६ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा नेपालका समीर तामाङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । यो जितसँगै भारतले शनिबार हुने फाइनलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *