अभिनेत्री तथा निर्मात्री झरना थापाले मृगौला पिडित गायिका जलजला परियारलाई ५० हजार सहयोग गर्ने

काठमाडौ – अभिनेत्री तथा निर्मात्री झरना थापा यतिबेला आफ्नो चलचित्र “ए मेरो हजुर २” को अमेरिकामा प्रदर्शन गरि रहेकी छन् । नेपालमा चलचित्रको व्यापक प्रदर्शन पश्चात विश्वमा नेपालीहरुको बाहुल्यता रहेको मुलुकहरुमा चलचित्र प्रदर्शनमा झरना थापा लागेकी हुन् । लभ स्टोरी चलचित्र “ए मेरो हजुर २” लाई बर्षको सफल चलचित्र मानिएको छ ।

युरोपको बेल्जियममा चलचित्रको प्रदर्शन पश्चात उठेको रकमबाट ७ सय युरो (९१,००० रुपैयाँ) बेल्जियमको क्याट बेल्जियम संस्था मार्फत नेपालको तराईमा सित लहरबाट प्रभावितहरुलाई सहयोग गरेकी अभिनेत्री झरना थापाले अमेरिकाबाट हामीलाई बताएकी छन् ।

पछिल्लो समयमा चलचित्र निर्माणको साथमा समाज सेवामा पनि अगाडि देखिएकी अभिनेत्री झरना थापाले बेल्जियमकै बुर्गे शहरमा आफ्नो चलचित्र “ए मेरो हजुर २” प्रदर्शन पश्चात उठेको रकम बाट ३८४ युरो (५० हजार रुपैयाँ) मृगौला पिडित गायिका जलजला परियारलाई बेल्जियममै रहेको एभरेष्ट नेपाली समाज मार्फत सहयोग गरिने पनि बताएकी छन् ।

यस्तै अमेरिकाको भर्जिनियामा मार्च ४ तारिक चलचित्र “ए मेरो हजुर २” प्रदर्शन पश्चात उठेको रकमको २५% रकम चितवनको क्यान्सर अस्पतालमा उपचार गराईरहेका १० बर्षे वालक विवेक आचार्यलाई सहयोग गरिने पनि अभिनेत्री झरना थापाले बताएकी छन् । भने यहि फेब्रवरीको अन्त्य तिर अमेरिकाकै कोलोराडोमा चलचित्रको प्रदर्शन गरि उठेको रकमबाट त्यहाँका समाजसेवी तथा चलचित्र “ए मेरो हजुर २” को अमेरिका वितरक बाबुकाजि श्रेष्ठको सहयोग बाट मेक अप आर्टिष्ट ईन्द्र लामालाई ५० हजार रुपैयाँ प्रदान गरिने पनि अभिनेत्री तथा निर्मात्री झरना थापाले हामीलाई बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *