फागुन २४ काठमाडौ, सप्तरी घटनालाई लिएर नयाँ शक्ति पार्टि नेपालले प्रेस विज्ञप्ति जारि गरेको छ । विज्ञप्तिमा भनिएको छ, सप्तरी घटनामा राज्यद्वारा गरिएको दमन बाट नयाँ शक्ति पार्टि स्तब्ध भएको छ ।
घटनामा ज्यान गुमाउनेहरुलाई हार्दिक श्रदाञ्जली व्यक्त गर्दै मृतकको परिवारप्रति समबेदना र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस घटनामा छानबिन गरि दोषीलाई कारबाहीको जोडदार माग गर्दछौं ।
नयाँ शक्ति पार्टीद्वारा जारि गरिएको प्रेस विज्ञप्ति यस्तो छ ।
सप्तरीको घटनापछि देशमा उत्पन्न भएको असहज परिस्थितिका कारण नयाँ शक्ति पार्टि नेपालको फागुन २६ र २७ मा हुन गईरहेको केन्द्रिय परिषदको बैठक स्थगित गरिएको जनाईएको छ ।