यस्तो छ सर्वोच्च अदालत प्रधान न्यायाधिशको प्रमाणपत्र

काठमाडौं, २८ पुस – प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद भैरहँदा उहाँका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएको छ ।

नागरिकताको प्रतिलिपि अनुसार उहाँको जन्म २०१६ वैशाख १६ गते भएको हो । जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको नागरिकताको प्रतिलिपि नम्बर १८०३/४४१/३०१० देखिन्छ । पहिले लिएको नागरिकतामा जन्ममिति नभएर उमेर मात्रै लेखिएकाले पछि शैक्षिक प्रमाणपत्रको आधारमा जन्ममिति राखेर नागरिकताको प्रतिलिपि बनाएको बुझिएको छ ।

शैक्षिक प्रमाणपत्रको प्रतिलिपि हेर्दा उहाँले शारदा मावि चितवनमा कक्षा १० सम्म पढेको र वीरगंजको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उतिर्ण गरेको पाइएको छ ।

अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा डा. गोविन्द केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको र दुईवटा नागरिकता लिएकोलगायतका अभियोग लगाएपछि प्रधानन्यायाधीस विवादमा तानिनुभएको छ ।

पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन सर्वोच्चले आदेश दिइसकेको छ ।

(प्रमाणपत्रको प्रतिलिपि उज्यालो अनलाईन बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *