कसिस दाहालले राजेश तामाङ्ग संग बिबाह गरे पश्चात राजेश सम्पर्क बिहिन, कसिस एक्लै मलेशियामा

मंसिर १७ काठमाडौ,
सम्झेर तिमी आँसुले मेरो भिज्दैछ सिरानी 
फर्केर छिटै आउनु है माया नहुनु बिरानी

युवा गीतकार स्टारहाङ बान्तावा जलनको शब्द रचना,राज खड्काको संगीत र मेलीना राईको आवाजमा रहेको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।

सुन्दर लावतीको निर्देशन रहेको यस भिडीयोमा मोडल कसीस दाहाल र राजेश तामाङले अभिनय गरेका छन् । मलेसीयाको निलाई र सेरेम्वन वरिपरीको सुन्दर मनोरम स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको नायिका सुटिङ्गको लागि मलेशिया पुगेकी हुन् ।

म्युजिक भिडियोमा, भर्खरै बिबाह गरेर परदेशिएको आफ्नो श्रीमान् सम्पर्क बिहिन भईरहेको बेला,एक्कासी श्रीमानको मृत्यु भएको खबरले तर्सिएको सपनालाई देखाईएको छ । उक्त म्युजिक भिडियो केहिदिन पछि नै बजारमा आउने निर्माण पक्षले सूचना खबरलाई जानकारी दिएको छ । उक्त गीत मनको जलन एल्बम भित्रको एउटा गीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *