२०२३ एसियाली खेलकुद: नेपाली महिला कबड्डीमा सेमिफाइनलमा भारतसँग पराजित भएपछि कास्य पदक

१९ असोज, काठमाडौँ : चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदमा नेपाली महिलाले कबड्डीमा कास्य पदक जितेका छन् ।

स्वर्ण जित्ने लक्ष्य राखेको महिला सेमिफाइनलमा शुक्रबार भारतसँग ६१–१७ ले पराजित भएको थियो । नेपाल समूह बी मा पहिलो उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ भने भारत समूह ए को विजेताको रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। कबड्डीमा सेमिफाइनलमा पुग्ने चारै जनाले पदक सुनिश्चित गरेका छन्।

एसियाली खेलकुदमा नेपाली महिलाले कबड्डीमा भाग लिएको यो पहिलो पटक हो । जारी एसियाली खेलकुदमा नेपालको यो पहिलो पदक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *