असोज २४ काठमाडौ, पछिल्लो समयमा एक पछि अर्को हिट गीत बजारमा ल्याएकी गायिका सुमी चाम्लिङ्ले फेरि अर्को पुर्बेली लोक भाकाको गीत युट्युवमार्फत रिलिज गरेकी छिन् ।
लसमा लस नि लै मसला पिस्ने , लोहोरो सिलौटो, दुइ मन मिल्यो पिरती बस्यो के मान्नु अनौठो भन्ने गीतको बोल रहेको, लोकलयमा निर्मित शब्दलाई लोकआधुनिक शैलीमा गाइएको छ ।
डीपी खनालको शब्दलाई राजनराज शिवाकोटीले संगीत गरेका छन् । शाहस शाक्यको एरेन्ज रहेको गीतको अडियो भने चाम्लिङ इन्टरटेन्मेन्टमा निहित रहेको छ ।
म्युजिक भिडियोमा ह्यारी योञ्जन र पार्वती राईले अभिनय गरेका छन् । जसलाई युवा निर्देशक युगल पोमोले निर्देशन गरेका छन् । सार्वजानीक गरेको दुइ दिनमै ३० हजार भन्दा धेरैले युटुबमा हेरी सकेको छ ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=RpXgBsrmKpw