प्रधानमन्त्री प्रचण्डले दशैंको उपलक्ष्यमा दिए नेपाली जनतालाई शुभकामना

prachandaअसोज २५ काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलार्इ सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना सन्देश व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आज दिएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र भएको बताएका छन् ।

विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन् – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।”

प्रधानमन्त्रीले भूकम्पको पुनःनिर्माण र राष्ट्रिय नवनिर्माण पनि हाम्रा सामु चुनौतीपूर्ण अवसरका रुपमा उभिएको बताउँदै प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, -हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्दछ ।

राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुनर्परिभाषित र पुनःसंस्कार गर्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *