सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा सप्तरी बाढी पिडितलाई राहत

 राजविराज, १२ श्रावण
सप्तरीको बाढी पिडितलाई सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा संयुक्त रुपमा सप्तरी बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ ।

रौतहट जिल्ला गौर नगरपालिकाका सचेत युवा र मधेश प्रदेश अनलाईन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष (पत्रकार) अभिमनु कुमार पटेल र पहल नेपालको संयोजक एवं तराई मधेश राष्ट्रिय परिषद्का सदस्य युवा समाजसेवी सरोज रायका संयुक्त रुपमा तिलाठी कोईलाडी गाउँपालिकाका मण्डल बस्तीका बाढी पिडित र राजविराज नगरपालिका ९ मलेठटोलका दलित बाढी पिडित गरि ८० घरधुरीका परिवारजनलाई राहत स्वरुप २५ किलो चालम, ५ के.जी. चिउरा, २ किलो दाल, २ किलो आलु, १ प्याकेट नुन, एक काटुर्न मिनिरल वाटर, १० प्याकेट चाउचाउ र एक एक थान शुद्ध पानी प्युने फिल्टर वितरण गरिएको सचेत युवा रौतहटको सदस्य ई. शशी यादवले जानकारी दिएका छन् ।

१३ जना अति विपन्न, गरिब, असहाय, गर्भवती महिलाहरुलाई २ हजारको दरले नगद वितरण गरेका हुन । त्यस्तै मधेश आन्दोलनामा एकै टोलका ३ जना सहिद परिवारलाई समेत राहत वितरण गरेको रिपोटर्स क्लब नेपालका अध्यक्ष युवा प्रभावशाली पत्रकार अभिमन्यु पटेलले जानकारी दिनुभयो ।

अध्यक्ष पटेलका अनुसार जिल्ला, देश, विदेश लगायत विभिन्न ठाउँबाट सहयोगी महानुभाव व्यक्तिहरुबाट संकलित सहयोग रकमबाट राहत सामग्री बाढि पीडित परिवारलाई उपलब्ध गराईएको छ ।

राहत वितरण कार्यक्रममा मटुक पासवान, ओम प्रकाश पटेल, राकेश यादव, गंगा सदा, रेडियो छिन्नमस्ताका प्रबन्ध निर्देशक शिव प्रताप शाह, थारु पत्रकार संघका अध्यक्ष नबिन चौधरी, वडा प्रहरीका कार्यालयका प्रहरी सहायक निरीक्षक टेक नारायण चौधरी, प्रहरी जवान दुर्गानन्द चौधरी लगायतको सहयोगमा राहत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *