संखुवासभा वडा नम्बर १० मा कांग्रेस विजयी

संखुवासभा १५ असार- संखुवासभा जिल्लाको सदरमुकाम रहेको खाँदबारी नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् ।

विजयी उमेदवार थापाले ५७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए । माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए ।

वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला दुई सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला तामाङ ५७३, दलित महिला सदस्य सीता विश्वकर्मा ५७३ खुल्ला सदस्य बलराम राई ५६६ र लीलाबहादुर गुरुङ ५५२ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर १० को मतगणना सकिँदा मेयर र उपमेय दुवैमा नेकपा एमालेले अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *