विप्लवको बहिस्कारले रोल्पालाई छोएन, मध्यान्न सम्म ५० प्रतिशत मत खस्यो

थवाङ्ग, १४ असार- दोस्रो संविधानसभा चुनावमा एउटा पनि मत नखसालेका रोल्पाको थवाङ्गी जनताले स्थानीय चुनावमा भने उत्साहजनक रुपमा मतदानमा भाग लिए संगै मध्यान्ह सम्म थवाङमा ५० प्रतिशत मत खसिसकेको छ ।

निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले समेत चुनावमा भाग लिएपछि थवाङको चर्चा थप चुलिएको छ । थवाङ गाउँपालिकामा नेकपाबाट अमित घर्ती अध्यक्षको उम्मेदवार छन् । नेकपासँग तालमेल गरेको कांग्रेसले उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ ।

एमालेबाट अध्यक्ष हितबहादुर रोका र उपाध्यक्षमा जनरोका उम्मेदवार छन् । माओवादी केन्द्रबाट अध्यक्षमा बिरबहादुर घर्ती ‘वियोग’ र उपाध्यक्षमा रामकिरणी रोकामगर उम्मेदवार छन् । सुरक्षा व्यवस्था कडा पारिए संगै अहिलेसम्म चुनाव शान्तिपूर्ण रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *