लोकगित भनेको लोक संस्कृति झल्कने किसिमको हुनुपर्छ : लोक गायिका बसन्ती थापा मगर

तनहुँ भानुमती ४ घर भइ रोजगारीको सिलसिलामा तीन बर्ष अगाडि मलेशिया पुग्नु भएकी लोक गायिका बसन्ती थापा मगर पछिल्लो समय मलेशियामा हुने विभिन्न कार्यक्रम कन्सर्टहरुमा आफ्नो प्रस्तुति दिन प्राय छुटाउनुहुन्न ।लोक गायिकाको रुपमा अघि बढिरहनु भएकी उनै लोक गायिका बशंती थापा मगर संग हाम्रो मलेसिया प्रतिनिधि किशोर पुमा राईले गरेको कुराकानी ।

कहिले देखि गीत गाउनु थाल्नुभयो?
गीत सानै देखि गुनगुनाउथे औपचारिक रुपमा चाहिँ मलेशिया आएर नै गाउन थालेकी हुँ ।

तपाइको पहिलो गीत कुन हो?
बिचरा मेरो मन ।

संगीत के हो?
संगीतलाई सबैले आ-आफ्नो तरिकाले ब्याख्या गर्ने गर्दछन् मेरो बुझाइमा चाहिँ संगीत मानिसको सुख दुख बिसाउने चौतारी हो जस्तो लाग्छ।

तपईलाई लोक गायिका भनेर दर्शक श्रोताले चिन्नुहुन्छ नि कलाकार भएसी अरु विधाको गीतहरु गाउने प्रस्ताव आयो भने के गर्नुहुन्छ?
म कलाकार नै बनिसकेकी छुइन कलाकार बन्नलाई दुई चार वटा गीत गाएर हुदैन त्यहि पनि दर्शक श्रोताहरु प्रती आभारी छु । मलाइ लोक गायिकाकै रुपमा चिन्नुहुन्छ त्यहि भएर सकभर अन्य विधाको गीत गाउने प्रस्ताव आउदैन भन्ने लाग्छ ।

कस्को प्रेरणाले संगीता क्षेत्रमा प्रवेश गर्नुभयो?
मेरि आमाको प्रेरणाले हो ।

नेपाल फर्केपछि गायनलाई निरन्तरता दिनुहुन्छ होला नि ?
अवस्य पनि मेरो क्षमताले भ्याएसम्म निरन्तरता दिनेछु।

लोकगीत कस्तो हुनुपर्छ ?
विशेष त लोक संस्कृति झल्काउने किसिमको हुनुपर्छ ।

अग्रज कलाकारहरु संग कतिको सहकार्य हुन्छ?
सहकार्य नै त भएको छैन नेपाल बाट कन्सर्टहरुमा आउनुहुने कलाकारहरु संग समय मिल्दा गीत-संगीतको विषयमा केही कुराकानी गर्ने गरेकी छु ।

अग्रज कलाकारहरुको सुझाव के पाउनुहुन्छ?
हरेक काम बुझेर गरेको राम्रो हुन्छ लगनशील हुनुपर्छ भन्नुहुन्छ।

तपाइको पछिल्लो गीतबारे बताईदिनुहोस न ?
मेरो पछिल्लो गीत “म झै भाग्यमानी ” हो ।

कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?
रामै छ ।

तपाइँको आगामी योजना तयारीहरु के कस्ता छन् ?
अब मैले पन्चेबाजाको धुनमा गीत गाउने तयारीमा छु त्यसै गरी कौडा गीत पनि गाउने तयारीमा छु ।

यो गीतहरु कहाँ रेकर्ड हुन्छ?
यहि मलेसियाको जोहोरबाहरुमा हुन्छ।

गीतहरुको म्युजिक भिडियो पनि आउँछ कि?
पहिलेको गीतहरुको त आइसकेको छ अब आउने गीतहरु बारे सोच्दैछु।

कम्पनीको काम संगै गायनलाइ समय मिलाउन समस्या छैन?
समय खासै मिल्दैन निकै गाह्रो हुन्छ त्यै पनि मिलाइरहेकी छु सायद मेरो रुचि पनि भएर हुनसक्छ।

अन्त्यमा के भन्न चाहानुहुन्छ?
दर्शक श्रोताहरु समक्ष मेरो कुरा पुर्याउने अवसर दिनुभएकोमा तपईलाई पनि धन्यवाद । सबै नेपाली ले नेपालीपन नबिर्सौ नेपाली गीत-संगीत नेपाली कलाकारलाइ माया गरिदिनुहोला । आगामी दिनहरुमा पनि तपाइहरुको माया पाइरहु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *