रंगेली बिराटनगर सडक खण्डमा दुर्घटना, एकको मृत्यु चार घाइते

rangeli biratnagarअसोज ९ मोरंग, मोरंगको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल कदमाह–२ मा एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने, चारजना घाइते भएका छन् ।

दुर्घटनामा परी भारतीय मोटरसाइकलका चालक कदमाह–६ का २८ वर्षीय धीरेन्द्र कामतको मृत्यु भएको हो ।

तीनजना सवार सो मोटरसाइकलको पछाडि बसेका कदमाह–६ कै ३० वर्षीय भाग्लु मण्डल, दादरबैरिया–३ की १५ वर्षीया अञ्जना कामत, स्कुटर चालक सोराभाग–८ का ५० वर्षीय रामदेव मण्डल र पछाडि सवार उनका छोरा १७ वर्षीय आचकर मण्डल घाइते भएका छन् ।

घाइते सबैको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *