माल्दिप्सका सेनापति अह्मेद सियाम र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेट

कार्तिक २, काठमाडौं, माल्दिप्सका सेनापति अह्मेद सियामले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र माल्दिप्सबीच विगतदेखि अत्यन्तै राम्रो सम्बन्ध रहँदै आएको बताउँदै आपसी सद्भाव र भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको भन्दै नेपाल र माल्दिप्सको सेनाबीच पनि लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताए।

भेटमा माल्दिप्सका सेनापति अह्मेद सियामले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको भन्दै सेना समायोजनको सफलताप्रति खुसी व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *