प्रहरी र स्थानीयबीच झडप हुँदा हेटौंडा तनावग्रस्त

माघ ६ मकवानपुर, सडक बिस्तारको क्रममा हेटौंडाको बुद्धचोकमा प्रहरी र स्थानीयबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको छ । प्रहरीका अनुसार स्थानीयले घरेलु हतियार र ढुंगा प्रहार गरेका छन् । स्थानीयको आक्रमणबाट एक जना प्रहरी घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक बिस्तारको क्रममा घरको पेटी भत्काउन खोज्दा भाला, तरबार ढुंगामुढा बाट प्रहरीमाथि आक्रमण भएको जनाईएको छ ।

स्थानीय र व्यवसायीहरुले समेत सडक बिस्तारमा अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडप भए पनि सडक बिस्तारको काम भने नरोकिएको प्रहरीले जनाएको छ ।

हेटौंडा-नारायणघाट सडकखण्डको राप्ती रोडमा सडकको २५ मिटर क्षेत्रभित्र रहेका संरचना भत्काउने क्रम जारी छ । बुधबार रेडक्रस सोसाइटीको भवनसहित १५ वटा घर भत्काइएको थियो । बुधबार स्थानीयले अवरोध नगरे पनि बिहीबार भने प्रहरीहरुमाथि नै आक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *