प्रधानमन्त्री भारत भ्रमणमा रहेकोबेला पेट्रोलियम पाईप लाईन शिलान्यास

नयाँ दिल्ली २४ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देश बीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच सम्बन्ध सुमधुर बनाइराख्न उच्चस्तरीय राजनीतिक छलफललाई निरन्तरता दिन पनि सहमत भएको जानकारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कुटनीतिक च्यानलबाट टुंगो लगाउने बताएको स्रोतले बताएको छ ।

भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ । त्यस्तै वीरगञ्जमा निर्माण भएको एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन गरिएको छ । कृषि, रक्सौल काठमाडौं रेलवे लिंक विस्तार र नेपाल र भारतबीच जलमार्ग विस्तार सम्बन्धि पनि छलफल भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *