पाँचथरे युवा “सरोज” कोरियामा गीतकार

दक्षिण कोरिया संवाददाता- पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका-५ (साबिक पाक्तेप-५ जौबारी) मा बुवा सुखबिर चेम्जोङ्ग र आमा खिरमाया चेम्जोङ्गको पहिलो सन्तानको रुपमा जन्मनु भएका नव गीतकार सरोज चेम्जोङ्ग सानै उमेर देखि साहित्य,गीत-संगीत प्रति रुचि राख्ने गर्नु हुन्थ्यो । अहिले उनी सरोज चेम्जोङ्ग अनन्त गीतकारको रुपमा स्थापित हुन सघर्षित छन् ।

मध्यम परिवारमा हुर्केका उनको बाल्यकाल गाउघर मै बितेको थियो । गाउँ नजिकैको श्री घुर्बिसे पन्चमी उच्च मा.बि स्कुलबाट slc उतिर्ण गरि उच्च शिक्षाका लागि छिमेकी जिल्ला झापा पुगेका सरोजले झापा स्थित मोडल कलेज बाट उच्च शिक्षा हासिल गर्नु भएको छ ।

बिगत तीन बर्ष अगाडी देखि दक्षिण कोरियालाई कर्म थलो बनाई रहेका गीतकार सरोज चेम्जोङ्ग कामको अलवा बचेको समयमा प्रायजसो लेखनलाई नै प्राथमिकता दिने र केही समय गीत-संगीत सुनेर साथि-भाई संग समय बिताउने गर्नुहुन्छ । तिम्रै हातको सिन्दुर ,मेरो माया मन भरी,हराई दिन्छ मन गरि युटुबमा निकै रुचाएको उनैले लेखेका गीतहरु हुन । उहाँको पहिलो सार्बजनिक भएको गीत राजकुमार बगर र मेलिना राईको स्वरमा रहेको तिम्रै हातको सिन्दुर बोलको गीतको म्युजिज भिडियो तल हेर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *