पहिरोमा परि ४ जना बेपता

दोलखा १४ असार – बर्खा लागे सगै पहाडी भेगका भिर र डाँडाहरुमा पहिरो जान सुरु हुन थालेको छ।  दोलखाको भीमेश्वर नगरपालिका ९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा ४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका डाडाँगाउस्थित कुतकुतेका मंगले थामीकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोषी, १० बर्षिया रोशनी र सोही स्थानकी ७९ बर्षकी लाटी थामी रहेको जानकारी प्राप्त भएको छ  । लगातार दुइ तीन दिनको वर्षाले वडा ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडकखण्ड अवरुद्ध  भएको छ ।उक्त स्थान  हुदै जाने सबारी साधन पनि प्रभावित भएको छ।    पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानमा गएको पहिरोले दुइ दर्जन भन्दा बढी घरका वासिन्दाहरु बिस्थापित भैसकेका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *