धनको प्रलोभनमा पारी दिल्लीमा बेचिएकी एक युवतीको उद्धार

सिताराम चौधरी- कपिलवस्तु १० असार- धनको प्रलोभनमा पारि दुई साता अघि भारतको दिल्ली पुर्याईएकि  एक नेपाली किशोरीलाई नेपाल फर्काईएको छ । कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनर्स्थापना गृहका कार्यक्रम संयोजक भूमिराज भट्टराई नेतृत्वको टोली भारतको दिल्ली पुगी किशोरीको उद्धार गरी नेपाल फर्काईएको हो ।

उद्धार गरिएकी किशोरी नवलपरासी हुप्सेकोट गाउँपालिका ७ बस्ने २४ वर्षीय धनमाया (नाम परिवर्तन) रहेकी छन् । सानैमा बाबुआमाबाट बिछोडिएकी धनमाया दाजुभाउजुको काखमा हुर्किएकी हुन् । कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएकी धनमाया गैंडाकोटमा काम गर्दै आएकी थिइन् । लामो समयदेखि गैडाकोटमै काम गरी बसेकी धनमाया एक विचौलियाको प्रलोभनमा भारतमा बेचिन पुगिन् । घर जान्छु भनी गैंडाकोटबाट हिँडेकी धनमायालाई एजेण्टले राम्र काम लगाइदिने प्रलोभन देखाई दिल्लीको एक होटलमा पुर्याएको थियो ।

दिल्लीबाट कसैको फोनबाट गैंडाकोट घरबेटीलाई मलाई बचाउनुस् भनी फोन गरेपछि मात्र बेचिएको थाहा भएको भट्टराईले बताउनुभयो । घरबेटीले दिल्लीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रलाई फोन गरी उद्धारका लागि गुहार मागेको बताइएको छ । त्यो संस्थामार्फत काठमाडौंमा रहँदै आएका देबेन्द्र भट्टराईलाई खबर आएको र भट्टराईमार्फत पीआरसीका भूमिराज भट्टराईले पाएको जानकारी अनुसार दिल्ली पुगेर किशोरीको उद्धार गरेको बताइएको छ ।

उद्धार गरी नेपाल फर्काइएकी धनमायालाई अहिले पीआरसी कृष्णनगरको सुरक्षित गृहमा राखिएको भट्टराईले जनाएका छन् । किशोरीलाई आइतबार नवलपरासी लगी परिवारको जिम्मा लगाईने छ । किशोरीलाई भारत पु¥याउने विचौलिया विरुद्ध अनुसन्धान अघि बढाइएको जानकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *