दाङ १५ असार -दाङमा माओवादी केन्द्रले अग्रता लिएको छ । मतगणना भैरहेका ६ स्थानीय तह मध्ये चार तहमा माओवादी केन्द्रले अग्रता लिएको हो । शान्तिनगर, गढवा, राप्ती र राजपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने बंगलाचुली गाउँपालिकामा कांग्रेस र दंगिशरण गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएका छन् ।
शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा अहिले सम्म २ सय ३८ र उपाध्यक्षमा ३ सय ९३ मत,कांग्रेस अध्यक्षमा २ सय ७ र उपाध्यक्षमा २ सय २३ मत, एमाले अध्यक्षमा १ सय ६३ र उपाध्यक्षमा १ सय ८७ मत ल्याएका छन् । यसैगरि गढावा गाउँपालिकामा माओवादी केन्द्र अध्यक्षमा १ सय सात र उपाध्यक्षमा एक सय सात मत, एमाले अध्यक्षमा ८७ र उपाध्यक्षमा ९४ मत,कांग्रेस अध्यक्षमा ५० र उपाध्यक्षमा ५६ मतका साथ तेस्रो स्थानमा छ । राप्ती गाउँपालिकामा माओवादी अध्यक्ष १ सय ९७ र उपाध्यक्षमा २ सय १ मत,कांग्रेस १ सय ५३ अध्यक्ष र १ सय ५२ उपाध्यक्ष र एमाले अध्यक्षमा ६६ र उपाध्यक्षमा ६७ मतका साथ तेस्रो स्थानमा छ ।
राजपुर गाउँपालिकामा अध्यक्षमा ३ सय १९ र उपाध्यक्षमा ३ सय ३८ मतका नेकपा माओवादी केन्द्र अग्रस्थानमा छ भने अध्यक्षमा २ सय ७९ र उपाध्यक्षमा २ सय ३८ मतका साथ कांग्रेस दोस्रो स्थानमा, अध्यक्षमा १ सय ६० र उपाध्यक्षमा १ सय ५६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
यसैगरी बंगलाचुली गाउँपालिकामा अध्यक्षमा १ सय ६३ र उपाध्यक्षमा १ सय ७७ मतका साथ कांग्रेसले अग्रता लिएको छ । अध्यक्षमा १ सय १४ मतका साथ दोस्रो स्थानमा रहेको एमाले उपाध्यक्षमा भने तेस्रो स्थानमा छ । माओवादी अध्यक्षमा १ सय ८ मतका साथ तेस्रो स्थानमा छ भने उपाध्यक्षमा १ सय १६ मतका साथ दोस्रो स्थानमा छ ।
दंगीशरण गाउँपालिकामा अध्यक्षमा १ सय ४७, र उपाध्यक्षमा १ सय ४४ मतका साथ एमाले अग्रस्थानमा छ भने अध्यक्षमा १ सय २४ र उपाध्यक्षमा १ सय ७ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ भने अध्यक्षमा ९३ र उपाध्यक्षमा ९७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
यसैगरि घोराही र तुलसीपुर उपमहानगरपालिकार लमही नगरपालिकामा भने भर्खरै गणना सुरु भएको छ । बबईगाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन ।