डिआर अटुको संगीतमा राजेश पायलको अर्को नयाँ गीत (भिडियो सहित)

काठमाडौ ३१ चैत्र,अहिलेका बहु-चर्चित युवा संगीतकार डिआर अटुको संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । “कहिले काँही त बेहोसीमै टन्न सारा पिउन मनलाग्छ, कति टाढा भएर बाँचु, ओ माया…………… अब संगै जिउन मन लाग्छ” बोलको गीतलाई मर्मस्पर्शी शैलीमा लयबद्ध गरेका छन् डिआर अटुले । दक्षिण कोरियामा रहेर पनि पछिल्लो समयमा नेपाली गीत-संगीतको लागि अनवरत रुपमा लागेर डिआर अटुले सफलता हासिल गरेका छन् । उनको सयौ गीतहरुले स्रोताहरुको मानसपटलमा अमित छाप छोड्न सफल बनेका छन् । शब्द अनुसारको भावमा डुबेर संगीत गर्न सक्ने संगीतकार हुन् डिआर अटु ।

राजमान “स्पर्श” खालिङ्ग राईको शब्द रचनामा अहिलेका सबै भन्दा चर्चित र ब्यास्त गायक राजेश पायल राईले स्वर भरेका छन् । यो गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सम्पदा बाँनिया र सनम कठायतले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई राजकुमार लामिछानेले छायांकन र सशान कंडेलले निर्देशन गरेका छन् ।
“कहिले काँही त बेहोसीमै” बोलको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *