गजल : डिबी कार्की ब्याञ्जन

गजल

पुर्याउँछु भन्ने आफ्नै प्यालाले लडायो
पिठ्युँबाट आफन्तैले भालाले लडायो

बाजा बजाउँदै अबिरले रंग्याएर निधार
जित उत्सवमा स्वेम्वर मालाले लडायो

धर्म भन्दै मन्दिरमा खुबै चढाएर बलि
पाईन्छ मुक्ती भन्ने चालाले लडायो

स्वास्निको झापट सँधै आगनिमा बास
हररात सराब त्यो मधु-शालाले लडायो

सोच्थेँ बिद्दान म महान पुरुष थ्यो अहम
सकिन दैब भट्टिवालिको गालाले लडायो

डिबी कार्की ब्याञ्जन

One thought on “गजल : डिबी कार्की ब्याञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *