कुलमान घिसिङको चमत्कारले राजधानी लोडसेडिङ मुक्त

kulman ghisingकार्तिक २२ काठमाडौ,देशमा १८ घण्टा सम्म लोडसेडिङ झेलेका नेपाली जनताहरुले बल्ल राहतको महशुस गरेका छन् । सधै लोडसेडिङको मार खेपीरहेका नेपालीहरुले यसपल्टको तिहारमा पनि त्यस्तै सोची रहेका थिए । बती जान्छकी भनेर सबै जना हतार-हतारमा आफ्नो कामहरु गरीरहेका थिए । तर यो पल्ट सोचे भन्दा नतिजा फरक आयो । नेपाल विधुत प्राधिकरण यस्तो निकाय हो, जसलाई मुलुकमा विद्युत आपूर्तिको एकाधिकार छ। तर सधै विधुत आपुर्ती कम भएको बहानामा दिनको १८ घण्टा सम्म लोडसेडिङ गरिन्थ्यो । तर यसपटक एक किसिमले चमत्कार नै भयो। तिहारको बेला मात्र हैन आज सम्म पनि राजधानीमा कुनै पनि दिन एक मिनेट पनि लोडसेडिङ भएको छैन ।
विधुत प्राधिकरणको नेतृत्व दसैंअघि परिवर्तन भएको थियो । अहिले प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएका छन् । सधै जस्तो,यो पटक पनि दसैं बिदापछि तिहारमा पर्याप्त बिजुली दिन नसकिने बिगतको नजिर सहित सूचना प्रकाशनको प्रस्ताव लिएर सम्बन्धित विभागका कर्मचारी उनीकहाँ पुगेका थिए । तर घिसिङ्ले सूचना प्रकाशन गर्न मानेनन् । ‘यो त उज्यालोको चाड हो। जनतालाई कसरी बत्ती नबाल भन्नु। होस्, सबैले धक फुकाएर बालून्। पुगेसम्म दिउँला केही नलागे लोडसेडिङ हुन्छ, जुन सधैं गरिएकै पनि छ। यस पटक पनि त्यही गरौंला।’ भनेर कर्मचारीलाई फर्काइ दिए ।
अब बोलेर मात्र हुदैन काम गरेर देखाउनु पर्छ भनेर घिसिङ सोची रहे । कसरी २४ घण्टा बिजुली दिन सकिन्छ भन्नेमा मात्र सोचिरहे । सबैभन्दा धेरै चुनौती लक्ष्मी पूजाको दिन थियो। किनभने त्यो दिन देशमा वर्षकै सर्वाधिक धेरै बिजुली खपत हुन्छ।
त्यसैले घिसिङ् लक्ष्मीपूजाको दिन साँझ ५ बजे काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्र पुगे। विद्युत माग, आपिर्ति र लोडसेडिङको निर्णय लिने र व्यवस्थापन गर्ने काम यही बाट हुन्छ । त्यो साँझ स्युचाटार डाँडामा बसेर विधुतको मागलाई हेरिरहे विधुतको माग तीनसय मेघावाट नाग्यो त्यतिन्जेल सम्म पनि कतै पनि विधुतको लाइन काट्नु परेको थिएन । जब विधुतको माग ३१५ मेगावाटमा पुगेर रोकियो तब उनि शान्त भए ।
विधुतको अत्याधिक मागलाई ध्यान केन्द्रीत गरेर, सबै केन्द्रमा जहाँ समस्या आउँछ त्यहाँ तत्काल मर्मतमा दौडिहाल्ने ‘नो लाइट’को जनशक्ति सहितका गाडी पनि स्ट्यान्डबाई गराएका थिए। परिणाम स्वरुप राजधानी बासीले २४औ घण्टा बिजुली उपभोग गरीरहेका छन् ।
उनले कुनै नयाँ स्रोतबाट उपत्यकामा विद्युत भित्र्याएका भने होइनन । त्यहि भएको विधुतालाई व्यबस्थापन मात्र गरेका हुन् ।
तिहारमा काठमाडौं भन्दा बाहिरका लागि कुलेखानी चलाइयो। परिमाणस्वरुप उपत्यकामा त लोडसेडिङ नै भएन। बाहिर समेत कुनै ठाउँमा आपत परेको स्थानमा मात्रै त्यो पनि आधा घण्टाभन्दा बढी बत्ती गएन। धेरै औद्योगिक फिडर भएको क्षेत्रमा मात्र केही समय बिजुली काटिएको थियो ।
यो परिणामलाई हेर्दा अत्यधिक माग हुँदा पनि ३ सय मेगावाटभन्दा केहीमाथि मात्र बिजुली चाहिने रहेछ ।
अहिले घिसिङ्गले, उपत्यकालाई लोडसेडिङ मुक्त गराउँदा सिस्टमले कति सघाउँछ भनेर अध्ययन गर्न एउटा समिति गठन गरेका छन् ।
सुक्खा याममा समेत खिम्ती, त्रिशूली, लामोसाँघु एवं मर्स्याङ्दी करिडोरका प्रोजेक्टबाट २ सय मेगावाट विद्युत काठमाडौं आउँछ। साँझमा कुलेखानी हिउँदभरि एकदेखि डेढ घण्टा चलाउन चलाउदा काठमाडौंलाई लोडसेडेङ्ग मुक्त गर्न सकिने घिसिङ्गले बताएका छन् ।’ एउटा मात्र सकारात्मक सोच भएका नेतृत्व परिवर्तन हुदा यत्रो चमत्कार हुन्छ भने छ सय एक जनाको सोच परिवर्तन भए यहाँ के हुन्थ्यो ? प्रश्न खडा भएको छ ।kathmandu

One thought on “कुलमान घिसिङको चमत्कारले राजधानी लोडसेडिङ मुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *