कल्याण एग्रीकल्चर कम्पनी सञ्चालन गरि रहेको छु :कल्याण राई

kalyan-raiकलाकार,निर्माता-निर्देशक:कल्याण राई
    साहित्य,संगीत, कलाको संगम स्थल हो खोटाङ । यहि माटोमा कयौ साहित्यकार, संगीतकार,कलाकारहरु हुर्किएका छन् । चाहे रावाखोला होस, चाहे सावाखोला, साप्सुको असला माछा अनि इजराको र रेग्मिटारको भात खाएर, रुपाकोट, ट्याम्के, मेरुङ र सुनापातलको चिसो पानी पिएर हुर्किएका कयौ खोटाङेहरु राष्ट्र नायक भएका छन् । यहि नायकहरु मध्यको एक हो कल्याण राई । खोटाङको बतासे १ मा जन्मिएका कल्याण राई, कलाकार तथा चलचित्र निर्माता-निर्देशक, गायक, व्यवसायी तथा राजनीतिज्ञ हुन् । बाल्यकाल गाउँमै बिताएका कल्याण राईले त्यही बाट SLC पास गरेर उच्च शिक्षाको लागी धरान पुगेका थिए । चलचित्र माया बसेछ निर्माण गर्नुको साथै सोहि चलचित्रमा डक्टरको भुमिकामा अभिनय समेत गरेका छन कल्याण राईले । लामो समय सम्म सिंगापुर बसेका कल्याण राई, थाइल्यान्ड र हङकङमा पनि धेरै समय गुजारेका छन् । बहु प्रतिभाको धनी कल्याण राईले गायिका राधा राई संग
दिनमा भेटौ, देख्छन् साराले
रातमा भेटौ जिस्काउछन ताराले ।
सुनकोशी बग्यो सलल, भन्ने लोक दोहोरी गीत बजार ल्याएका छन् । मायाले मूल बाटो भुल्योकी भन्ने कुवेर राईको कालजयी गीतको म्युजिक भिडियोको निर्देशन पनि कल्याण राईले नै गरेका हुन् । एशिया प्यासिफिक फिल्म प्रोडक्सन प्रा. ली. को मालिक समेत रहेका कल्याण राई हाल कल्याण एग्रीकल्चर कम्पनी प्रा. ली. मार्फत कृषि क्रान्तिमा लागेका छन् । उनै बहुप्रतिभाको धनी कल्याण राई संग सुचना खबर डट कमको लागि गरिएको कुराकानी ।
 
हिजो आज तपाइँ के गर्दै हुनु हुन्छ ?
अहिले म कलाकारीताको अलावा, एग्रीकल्चर कम्पनी सञ्चालन गरि रहेको छु । कृषि कम्पनी अन्तर्गत, गाइ पालन, बंगुर पालन, रागा पालन गरि रहेको छु । साथमा समाजसेवा र राजनीति पनि गरि रहेको छु ।
तपाइ कलाकार, राजनीतिज्ञ,व्यवसायी हुनु हुन्छ। समयलाइ कसरी व्यवस्थापन गरि रहनु भएको छ ?
अहिले राजनीतिलाइ थोरै मात्र समय दिएको छु । म संघीय खम्बुवान लोकतान्त्रिक पाटीको केन्द्रीय कोषाध्यक्ष हुँ । यता आफ्नो व्यावसायलाइ पनि अगाडि बढाइ रहेको छु । समाजसेवा त हरेक मोड मोड र घुम्तिहरुमा चली रहेकै हुन्छ । कहिले देश भित्रै धरान काठमाडौ, पोखरा गर्दै त कहिले, देश बाहिर सिंगापुर, थाइल्यान्ड, हङकङ गर्दै अगाडी बढी रहेको छु । लक्ष्यहरु धेरै छन् । हेरौ कतिको सफलता हुन्छु ।
तपाइ चलचित्र निर्माता पनि हुनु हुन्छ । आफ्नै फिल्म कम्पनी एसिया प्यासिफिक फिल्म प्रोडक्सन प्रा. ली. पनि छ । अर्को कुनै चलचित्र निर्माण गर्दै हुनु हुन्छ की ?
माया बसेछ पछि मैले, मुग्लान पारी गर्ने भनेर, लागेको थिएँ । त्यसको लागी नेपाल सरकार बाट सम्पुर्ण इजाजत लिएर चलचित्रको छायांकन गर्न अगाडी बढेको थिएँ । त्यही बेला मेरो बिज्नेस पार्टनर अमेरिका जाने भयो । १२,१४ लाख खर्च गरिसके पछि पनि त्यो छायांकनलाइ अगाडि बढाउन सकिएन । मेरो पार्टनर हिक्मत अलि मियाँ चाही मेरै होम प्रोडसन एसिया प्यासिफिक फिल्म प्रोडक्सन मार्फत ए फर अमेरिका बनाउने भनेर लाग्नु भएको छ । यसको छायांकन पनि करिब करिब आधा छायांकन पुरा भएको छ । यसको डाइरेक्टर नारायण पुरि हो । अहिले नारायण जि अमेरिका गएर पनि ग्रीन कार्ड पाइ सक्नु भएको छ । 
यो फिल्महरु कहिले सम्म पुरा होला त ?
एक बर्ष भित्रमा पुरा गर्ने लक्ष्य लिएका छौ
तपाइ कल्यण एग्रीकल्चर कम्पनीको मालिक पनि हुनु हुन्छ । यो कल्याण एग्रीकल्चर कम्पनीले के कस्तो कामहरु गर्छ ?
कल्याण एग्रीकल्चर चाही विशुद्ध कृषि कम्पनी हो । मेरो जन्मथलो खोटाङमा पारपानी भन्ने ठाँउ छ । त्यो पारपानीमा अधिकांश दलित समुदायका मानिसहरु बस्छन् । त्यो पारपानीको दलित कान्छा र अमेरिकाको राष्ट्रपती बाराक ओबामाले खाने बेसार उत्पादन गर्ने एग्रीकल्चर कम्पनी खोलेर सञ्चालन गरि रहेको छु । यसको साथसाथै विभिन्न क्षेत्रमा काम गरोस भनेर, अनलाइन मेडिया पनि सञ्चालन गरेको छु । यतिमात्र हैन, कल्याण एग्रीकल्चरको धेरै भिजनहरु छन् । नेपाली चलचित्र निर्माण, डकुमेन्ट्री, टेलिभिजन सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
कृषि क्षेत्रमा नेपाल सरकारले ऋण, अनुदान दिने गरेको छ । तपाइको कम्पनीले त्यस्तो केहि सुविधा पाएको छ ?
अहिले अनुदानको लागी कुरा भइ रहेको छ । अनुदान नपाउने हैन, पाउछ । तर, अनुदान पाउन केन्द्रिय स्तरको नेताकै सोर्स फोर्स चाहिन्छ । कि त, ठाँउमा आफ्नो मान्छे हुनु पर्‍यो । आफ्नो मान्छे छ भने, अनुदान पाइन्छ ।नत्र सिधा तरिकाले अपबादकै रुपमा कोहि कसैले पाएका होलान् । म चाही त्यो पहुँच सम्म पुग्न सकेको छुइन । त्यसैले मैले चाही नेपाल सरकार बाट कृषिकै लागी भनेरय केहि सहयोग पाएको छुइन ।
नेपाल सरकारले कृषिको लागी के गरि दिए राम्रो हुन्थ्यो ?
नेपाल सरकारले एउटा चाही नयाँ नीति लिनु पर्‍यो । जस्तो कृषिको लागी अनुदानको कुरा भयो । बिमाको कुरा भयो । अहिले बिमा मार्फत एउटा गाइको ७५% नेपाल सरकारले बिमा गरि दिन्छ र बाँकी २५% मात्रै कृषकको लगानी हुन्छ । यसरी नै अन्य व्यवसायीक कृषी गर्नेलाइ पनि बैंकिङ लोन साथै अन्य सेवा सुविधा दिए राम्रो हुन्थ्यो ।
नेपालमा व्यवसायीक कृषिको सम्भावना के कस्तो छ ?
एकदमै राम्रो छ । नेपाल सरकारले चाह्यो भने, २० बर्ष भित्रमा अर्गानिकै अर्गानिक खेती गरेर, सामाजिक, आर्थिक उन्नति गर्न सकिन्छ । तर नेपाल सरकार पनि यसमा लाग्नु पर्‍यो । अहिले नेपाल सरकारले चासो दिएको छैन । भए भरको जनशक्ति पनि वैदेशिक रोजगारीमा छन् । यसरी बिदेश पठाउन रोक्न सक्ने नयाँ कार्यक्रम लिएर, स्वदेशमै रोजगारीको स्थिती सृजना गरी कृषिमा लाग्ने प्रोत्साहन गर्नु पर्‍यो । यसो गरियो भने, अबको २० बर्षमा देश र जन्ताको आर्थिक उन्नती भइ कायापलट नै हुने छ ।
अबको योजनाके छ तपाइको ?
अबको योजना भनेको, ५०० वटा भैसी पाल्ने योजना छ । यसको लागी आफै लगानी गर्न विविध काराणले समस्य छ । त्यसैले, बिमा र लोनको लागी पहल गरि रहेको छु । ५०० वटा भैसी भयो भने, ३००० लिटर भन्दा माथि दुध दैनिक उत्पादन गर्न सकिन्छ । यसले गर्दा आर्थिक उन्नतिका साथमा दुध उपभोक्ताहरुलाइ दुध आपूर्तिमा सरलीकरण गर्न सकिन्छ, भन्ने उदेश्य लिएर अगाडी बढि रहेको छु ।
प्रस्तुति : इन्द्र जिजीबिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *