कलेज जाँदै गरेकी छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

फागुन ७ खोटाङ्ग,कलेज जाँदै गरेकी एक छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । खोटाङ्ग जिल्लाको ऐंसेलुखर्कस्थित त्रिभुवन मावि जाँदै गरेकी १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने बाकाचोल ७ का ३० वर्षीय मीनबहादुर पुरी पक्राउ परेका हुन् ।
एक्लै कलेज जाँदै गरेको मौकामा ऐंसेलुखर्कस्थित झुलेडाँडाको जङ्गलमा पुरीले जबरजस्ती करणी गर्न खोजेको

पीडित छात्राले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गर्न पुरीले लछारपछार गरिरहेको अवस्थामा स्थानीयले उद्धार गरेका प्रहरीले जनाएको छ ।

उद्धारपछि घर फर्किएकी छात्राले इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा दिएको उजुरीको आधारमा पुरीलाई सोही दिन पक्राउ गरिए पनि मिलापत्र गराउन खोजेकाले अहिलेसम्म मुद्दा चलेको छैन । आरोपित पुरी पक्राउ पर्नासाथ उनका आफन्तले मिलापत्र गराउन प्रहरीलाई दवाव दिइरहेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *